वन्यजन्तु चितुवाको छाला, दाँत र विभिन्न हातहतियार सहित पक्राउ

वन्यजन्तु चितुवाको छाला, दाँत र विभिन्न हातहतियार सहित पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,माघ ७ ।

पोखरा महानगरपालिका-२२ पुम्दि भुम्दी बस्ने २८ वर्षीय खो बहादुर थापालाई वन्यजन्तु चितुवाको जस्तो देखिने छाला, दाँत र विभिन्न हातहतियार सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

थापाले अवैध रुपमा वन्यजन्तुको छाला घरमा लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा चितुवाको जस्तो देखिने छाल १ थान, २ वटा दाह्रा सहितको दाँतको भागको टुक्रा १ थान र दुई नाले कार्तुस बन्दुक १ थान , सोही बन्दुकमा लाग्ने प्रयोग भइसकेको खालि खोका ४५ थान, धातुका छर्रा १ सय ९१ थान, बारुद ३ सय १५ ग्राम, धातुका सानो छर्रा १ सय ५० ग्राम, छर्रा बनाउन प्रयोग हुने सिसाको धातुको विभिन्न आकारको डल्लो पदार्थ २ किलो ९ सय ५ ग्राम र सानो पटाका रहेको रातो रंगको पत्ता १ थान सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनीहरु उपर जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।