शारदा एकेडेमीले कपनका बिभिन्न ठाउँमा ६० वटा डस्टबिन राख्दै

शारदा एकेडेमीले कपनका बिभिन्न ठाउँमा ६० वटा  डस्टबिन राख्दै

11118278_1660408260854705_1186025866_n

कपन अनलाइन\चैत्र २३, २०७१
बुढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको शारदा एकेडेमीले कपन क्षेत्रमा ६० वटा फोहर जम्मा गर्ने डस्टबिन बाँड्ने भएको छ । सामाजिक क्षेत्रका बिभिन्न काम गर्दै आएको शारदा एकेडेमीले करिब १ लाख रुपैया पर्ने डस्टविन नगरको १२, १३ र १४ वडाका बिभिन्न ठाउँमा राख्न तयार गरिएको छ । चैत्र २८ गते एक कार्यक्रम गरी नगरपालिका प्रतिनिधि तथा यस क्षेत्रमा कृयाशिल संघसंस्था तथा सामाजिक क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा डस्टविन राख्ने कार्यक्रम रहेको विद्यालय प्रशासनले बताएको छ ।  करिब एकहजार पाँचसय पर्ने ६० वटा डस्टविन बिजुलीको पोलमा ब्यवस्थित रुपमा राखिनेछ ।

वातावरणीयरुपमा नगपालिकाको सबैभन्दा कमजोर क्षेत्र मानिने वडा नं. १२, १३ र १४ मा सामाजिक क्षेत्रबाट यति ठूलो स्वरुपमा वातवरणीय काम हुन लागेको पहिलोपटक हो । यदाकदा साविक गाविसबाट बजेट लिएर वातावरणका केही काम गरिएको देखिए पनि आफ्नै लगानीमा काम हुन लागेको यो संभवतः पहिलोपटक हो । कपन क्षेत्रको सरसफाइमा यसअघि पनि आफ्नो संलग्नता  देखाइसकेको शारदा एकेडेमी बुढानीलकण्ठ नगरपालिका वडा नं. १३ कपनटारमा रहेको छ ।

11099632_1660411810854350_1433758148_n

 

तपाइँको प्रतिक्रिया ।