लिटिलमुन स्कूलमा शिक्षा मन्त्रीबाट पाँच विधामा सम्मान
कपन अनलाइन\काठमाडौ, चैत्र २३, २०७१
शिक्षा मन्त्री चित्रालेखा यादवले सरकारले गुणस्तरीय शिक्षाको लागि प्रत्येक बिद्यालयहरु शिक्षण बिधि र शिक्षण सिकाइमा पंक्तिबद्ध बनाउने योजना ल्याउने लागेकोएकी छिन् । गत शनिवार कपनस्थित लिटिलमुन हाइस्कूलमा आयोजित कार्यक्रमलाई सम्वोधन गदै शिक्षा मन्त्री यादवले सो कुरा बताएकी हुन् । शिक्षामन्त्री चित्रलेखा यादवले मुलुकको शैक्षिक क्षेत्रमा रहेको समस्याहरुको पहिचान गरी सरकारले गुणस्तरिय शिक्षाको विकासलाई बिशेष योजनाहरु अघि सारेको बताइन् । उनले शिक्षाको अवस्था खस्किदै गएको अवस्थालाई इँगित गदै गुणस्तरिय शिक्षाको शिक्षण बिधि र सिकाईप्रति बिद्यालय र शिक्षक प्रंतिबद्ध हुन नसकेको बताइन् ।
लिटिलमुन हाइस्कूलको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित शिक्षामन्त्री चित्रलेखा यादव र बरिष्ठ गायिका ज्ञानु राणाले सयुक्त रुपमा कपन तथा आासपासका क्षेत्रमा रही समाजको बिभिन्न बिधामा योगदान पुर्याएका बभिन्न व्यक्तिलाई सम्मान समेत गरे । यसरी दोसल्ला तथा सम्मानपत्रसहित सम्मानित हुनेहरूमा पत्रकारिताको क्षेत्रबाट बरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, पत्रकार नवराज चालिसे, बरिष्ठ संगीतकर्मी बिनय बर्मा, चलचित्र निर्देशक ज्ञानेन्द्र देउजा र बरिष्ठ समाजसेवी चित्रध्वज खड्का थिए । कपन क्षेत्रका बिभिन्न संघ सस्था तथा ब्यक्तिहरुको सहकार्यमा सो सम्मान कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा सम्मानित ब्यक्तिको तर्फबाट पुरुषोत्तम दाहालले मुलुकको शैक्षिक क्षेत्रको विकासको लागि राज्य इमान्दार र प्रतिबद्ध हुनु पर्नेमा जो दिए । कार्यक्रममा बिद्यायलय ब्यबस्थापन समितिका अध्यक्ष बिसुकुमार केसी, बिद्यालयका प्रिन्सिपल मुरारी भण्डारी, शम्भु अधिकारी र समाजसेवी रामकृष्ण केसी लगायतका शिक्षा क्षेत्रका ब्यक्तिहरुले राज्यले गुणस्तरिय शिक्षाको बिकासमा सवै खालका बिद्यायलहरुको अवस्था पहिचान गर्न सक्नु पर्ने बतएका थिए ।
शम्भु अधिकारीले खिचेका केही फोटोहरूः