नासा नेपालको लुम्बिनी प्रदेश संघ गठन

कपन अनलाइन

काठमाण्डौ ,माघ ६ ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को संगठन विस्तार अभियान देशव्यापी रुपमा तीव्र पारिएको छ । खेलकुद विकास ऐन २०७७ को मर्म अनुसारको सांगठनिक संरचना तयार गर्नु तथा अन्तर्राष्ट्रिय महासंघ एफआईए ९ँक्ष्ब्० को कार्यविधि अनुसार आफूलाई तयार गर्नु यी दुई मुख्य उद्देश्यसहित नासा सक्रिय भएको छ ।
मोटर, मोटरसाइकल स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी एन्ड टुरिजम तथा रोड सेफ्टी सम्बन्धी कार्यक्रममा संलग्न नासा नेपालको गतिविधि अब प्रदेश केन्द्रीत हुनेछ । यसै सन्दर्भमा लुम्बिनी प्रदेशमा भएको वृहत भेलाले संघको प्रदेश समिति चयन गरेको छ ।
मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय महासंघ फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल (एफआईए) का वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईको उपस्थितिमा गठित लुम्बिनी प्रदेश संघको नवगठित कार्यसमिति संयोजक निरज गौतम र सचिव किशोर भण्डारी रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा प्रकाश खनाल, सञ्जिव भण्डारी, दीपक न्यौपाने, जीवन खनाल, देवु खनाल र प्रज्जन विक्रम पोखरेल हुनुहुन्छ । सल्लाहकारहरुमा कपिल न्यौपाने, लोकहरी श्रेष्ठ तथा दिनेश पाण्डे रहनु भएको छ । नवगठित प्रदेश संघले यस वर्ष गर्ने तीन वटा कार्यक्रम समेत सार्वजनिक गरिएको छ ।
गौतम बुद्धको जन्म स्थल रहेको लुम्बिनी प्रदेशको साहसिक खेल र साहसिक पर्यटन प्रवद्र्धनको लागि यस संघले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास समेत सहभागीले राखेका छन् ।
नवगठित प्रदेश संघका पदाधिकारी तथा सदस्यहरुलाई नेकोसका सचिव कपिल न्यौपाने तथा सुरक्षित यात्रा अभियान–नेपालका महासचिव दिनेश पाण्डेले कार्यकाल सफलताको शुभकामना सहित बधाई दिएका थिए।

तपाइँको प्रतिक्रिया ।