आजबाट काठमाडौं जिल्ला प्रशासन कार्यालयका केही सेवा कटौती, कुन कुन सेवाहरु ?
कपन अनलाइन
काठमाण्डौ ,माघ ५ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले आजबाट केही सेवा कटौती गरेको छ । कर्मचारीलाई कोभिड संक्रमण भएका कारण सेवा कटौती गर्नु परेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
“सेवा प्रदायकको रुपमा कार्यरत कर्मचारी तथा सेवाग्राहीबीचको नियमित र प्रत्यक्ष सम्पर्कका कारण यस कार्यालयको नागरिकता, नागरिकता प्रतिलिपि, नावालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी प्रदान गर्ने फाँटतर्फका कर्मचारीहरु कोभिड–१९ बाट संक्रमित भई उपचारको क्रममा रहेको जानकारी गराऔंछौं,” जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ, “त्यसैले अर्को सूचना जारी नभएसम्म मिति २०७८ माघ ५ गतेदेखि लागु हुनेगरी माथि उल्लेखित फाँटका सेवाहरु हाललाई स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।”
सूचना :
तपाइँको प्रतिक्रिया ।