यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

कपन अनलाइन

काठमाण्डौ ,माघ ५ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार बिहान प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भूभागहरुमा आंशिक बदलीको अवस्था रहेको छ । तराईका धेरै स्थानहरुमा हुस्सु तथा कुहिरो लागि रहेको छ।

यस्तै दिउँसो सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशहरुको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ भने बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

तपाइँको प्रतिक्रिया ।