शालीनदी मेला अवधिभर १२ घण्टा ट्रिपरहरु चलाउनमा रोक
कपन अनलाइन
काठमाडौँ, माघ ३ । शंखरापुर नगरपालिकाले सार्वजनिक सुचना जारी गरेको छ शंखरापुर नगरपालिकाकि अधिकृत सुभद्रा पुडासैनीले जारी गरेको सुचनामा शंखरापुर नगरपालिका साँखुमा आज बाट सुरु हुने श्री स्वस्थानी शालीनदी मेला अवधिभर निर्माण सामग्री बोक्ने ट्रिपरहरु बिहान ६ बजे देखि बेलुकी ६ बजे सम्म जहरसिंह पौवा देखि साँखु सम्म र कात्तिके- पालुवारी देखि साँखु सम्मको सडकका दुवै तर्फा यातायात संचालन नगर्न सबै सरोकारवालाहरुमा अनुरोध गरिएको छ ।
उनले जारि गरेको बिज्ञप्तिमा आज बाट शंखरापुर नगरपालिका साँखुमा सुभारम्भ भएको श्री स्वस्थानी शालीनदी मेला को अवसरमा देशका बिभिन्न कुना बाट पाल्नुहुने श्रद्दालु भक्तजनहरुको लागि सहज बातावरणको लागि मिति २०७८ पौष २५ गते नगर प्रमुख सुवर्ण श्रेष्ठको अध्यक्षतामा सरोकारवाला सबैको उपस्थितिमा बसेको बैठकको निर्णयानुसार शालीनदि मेला अवधीभर निर्माण सामग्री बोक्ने ट्रिपरहरु बिहान ६ बजे देखि बेलुकी ६ बजे सम्म जहरसिंह पौवा देखि साँखु सम्म र कात्तिके- पालुवारी देखि साँखु सम्मको सडकका दुवै तर्फ यातायात संचालन नगर्न सबै सरोकारवालाहरुमा अनुरोध गरेको उल्लेख गरिएको छ।