सम्मुनत जालपा देवी युवा क्लबको ५ औं बार्षिक साधारण सभामा तारेभिरका ज्येष्ठ नागरिकलाइ सम्मान
कपन अनलाइन
काठमाडौं ,माघ २। गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रहेको सम्मुनत जालपा देवी युवा क्लबको ५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।माघ १ गते गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिरमा सम्पन्न उक्त साधारण सभामा प्रमुख अतिथिको रुपमा प्रतिनिधि सभा सदस्य माननीय कृष्ण राइ रहेका थिए भने बिशेष अथितिको रुपमा पुर्व मन्त्री एबम बागमती प्रदेश सभा सदस्य रामेश्वर फुयाल जिल्ला समन्वय समिति काठमाडौंकि सदस्य सान्नान्नी लामा नेकपा एमाले गोकर्णेश्वर नगर अध्यक्ष उद्दब बिष्ट लगायत सम्मुनत जालपा देवी युवा क्लबका पदाधिकारीहरु सहित स्थानीयको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता सम्मुनत जालपा देवी युवा क्लबका अध्यक्ष नबिन राज बिष्टले गरेका थिए भने कार्यक्रम संचालन क्लबका सचिब सचिन लामाले गरेका थिए । कोरोना महामारीको कारण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तवर बाट आयोजना गरिएको सो कार्यक्रममा प्रमुख अतिथि बिशेष अतिथिहरुले तारेभिरका ज्येष्ठ नागरिकलाइ सम्मान समेत गरेको अध्यक्ष नविनराज बिष्टले कपन अनलाइनलाइ जानकारी गराए।
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय कृष्ण राइ बिशेष अथिति पुर्व मन्त्री एबम बागमती प्रदेश सभा सदस्य रामेश्वर फुयाल लगायतले तारेभिर क्षेत्रको पर्यटन विकासका संभावना,तामाङ्ग सँस्कृतिको विकास,प्राविधिक शिक्षा र सीप,तारेभिर चक्रपथ निर्माण,बुढानिलकण्ठ-गोकर्ण ढाँडफेदी सुरुङ्गको पूर्व संभाव्यत्ता अध्ययन शीघ्र गराउँन विनियोजित वजेट कार्यान्वयन गर्न बागमती प्रदेश सरकारलाई अनुरोध गर्ने बिषयमा जोड दिएको पनि उनले जानकारी गराए । संक्षिप्त रुपमा आयोजित उक्त कार्यक्रममा घ्यु चाकु वितरण गर्दै मकर संक्रान्तिको शुभकामना आदान प्रदान गरिएको थियो ।