बुढानीलकण्ठ नगरपालिकामा ६ महिनाको अवधिमा ६२.७७ प्रतिशत राजश्व संकलन
कपन अनलाइन
काठमाण्डौ ,माघ ३।
बुढानीलकण्ठ नगरपालिकामा ६ महिनाको अवधिमा अनुमानित आय मध्य ६२.७७ प्रतिशत राजश्व संकलन भएको छ ।
नगरपालिकाको नवौं नगर सभामा पेश भएको २०७८/७९ को आय-व्ययको विवरण अनुसार राजश्व शाखाले बार्षिक योजना २०७८/७९ को आन्तरिक राजश्व तर्फबाट अनुमानित आय २७ करोड ६५ लाख मध्य ६ महिनाको अवधिमा पौष मसान्त सम्म १७ करोड ३५ लाख ४५ हजार ३०२ रुपैयाँ संकलन गरेको छ ।
नगरपालिकामा आर्थिक बर्षको अन्तिम सम्म अनुमानित आय पूर्ण रुपले संकलन हुने समिक्षा गरेको शाखा प्रमुख अच्युत खड्काले जानकारी दिनुएका छन ।
हेर्नुहोस् कुन-कुन शिर्षकमा कति उठ्यो राजश्वः
तपाइँको प्रतिक्रिया ।