माघ १५ गते सम्म मनोरन्जन क्षेत्र बन्द गर्ने सरकारको निर्णय

माघ १५  गते सम्म मनोरन्जन क्षेत्र बन्द  गर्ने सरकारको निर्णय

कपन अनलाइन

काठमाडौं माघ २ ।सरकारले माघ १५ गतेसम्मलाई मनोरन्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड संक्रमणको जोखिम बढिरहेको भन्दै सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।माघ १५ सम्म चलचित्र हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिम हलहरू बन्द  हुने भएको छ । यी लगायत भीडभाड हुने क्षेत्रको बारेमा सरकारले कोभिड प्रोटोकल समेत  जारी गरेको छ ।

तपाइँको प्रतिक्रिया ।