कागेश्वरी धाम सौन्दर्यकरणको लागि आर्किटेक बिज्ञ सहित नगरप्रमुख थापाले गरे स्थलगत निरीक्षण

कागेश्वरी धाम सौन्दर्यकरणको लागि आर्किटेक बिज्ञ सहित नगरप्रमुख थापाले गरे स्थलगत निरीक्षण

कपन अनलाइन

काठमाडौं, माघ १ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागलमा रहेको कागेश्वरी महादेव मन्दिर(कागेश्वरी धाम)  सम्म पुग्ने खुड्किला को दायाँबायाँ तथा अन्य ठाउमा समेत सौन्दर्यकरणको लागि   आर्किटेक ईन्जिनियरको टोलिले गुरू योजनाका  लागी स्थलगत निरिक्षण  गरेका छन  ।

पौष २८ गते कागेश्वरी महादेव मन्दिर आवत जावत गर्ने  सिंढी खुड्किलाको दायाँ बायाँ प्राकृतिक रूपमा कुनै पनि संरचना नबिगारी प्रकृतिक रूपमानै आकर्षक सौन्दर्य देखीने किसिमा पूर्वाधार  निर्माणका लागि नगर प्रमुख कृष्णहरि थापा  र स्थानीयबासी सहित  ४ जना आर्किटेक ईन्जिनियर टोलीले सो क्षेत्रको स्थलगत अवलोकन गर्नुको साथै सम्भाव्यता अध्ययन गरेका हुन ।

काठमाडौं बाट नजिकैको दुरीमा रहेको धार्मिक तथा पर्यटकीयस्थल कागेश्वरी महादेव मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकलाइ आकर्षित गर्न  सौन्दर्यकरणका काम अघि बढाउन लागेको हो।

 

तपाइँको प्रतिक्रिया ।