बुढानीलकण्ठको एक निर्माणाधीन घरमा बोलाई जबर्जस्ती करणी गरेको आरोपमा श्रेष्ठ पक्राउ

बुढानीलकण्ठको एक निर्माणाधीन घरमा बोलाई जबर्जस्ती करणी गरेको आरोपमा श्रेष्ठ पक्राउ

कपन अनलाइन

काठमाण्डौ,माघ १।

पुस २७ गते राति  बुढानीलकण्ठ नगरपालिकामा रहेको एक निर्माणाधीन घर पछाडि भेट्न बोलाइ जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले  पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार हालैमात्र संगम महर्जन नामको नक्कली फेसबुक एकाउन्टबाट एक बालिकालाई साथी बनाई जबर्जस्ती करणी भएको घटना बाहिर आएको छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ स्थायी घर भई हाल ललितपुर बस्ने सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि महानगरीय प्रहरीवृत्त महाराजगञ्जबाट कानूनी कारवाही थालिएको जनाइएको छ ।

प्रहरीका अनुसार शुरूमा ती व्यक्तिले बालिकालाई बारम्बार भिडियो कल गरी संवेदनशील अंग देखाउन लगाई भिडियो कल रेकर्ड गर्नुका साथै स्कुलमा साथी तथा घर परिवार समेतलाई उक्त भिडियो देखाउँछु र सामाजिक सञ्जालमा भाइरल बनाउँछु भनी धम्की दिएका थिए ।

अनुसन्धानका क्रममा उनले नै यसरी नक्कली फेसबुक एकाउन्ट बनाएको खुलेपछि पक्राउ गरिएको परिसरले जनाएको छ । प्रहरीले यसरी सामाजिक सञ्जालमा नक्कली फेसबुक एकाउन्ट खोली अपराधजन्य कार्य बढ्दो रहेकाले प्रहरीले सचेत हुन अपिल गरेको हो ।

तपाइँको प्रतिक्रिया ।