नेकपा एमालेकाे ओखलढुंगाको ६०० मत गन्दा शंकर कटवालको अग्रता , कसको कति मत ?

कपन अनलाइन

काठमाण्डौ ,पौष २६।

नेकपा एमालेकाे ओखलढुंगा  जिल्ला कमिटीकाे नयाँ नेतृत्वका लागि भएका मतदानकाे मतपरिणाम आउन थालेकाे छ । ६ सय  मत गन्दा अध्यक्षका उम्मेदवार शंकर कट्वालले अग्रता लिएका छन् । उनले ३०१  मत पाए । अर्का प्रत्यासी सिताराम गुरुङले २३९ मत ल्याएका उपाध्यक्षमा हर्कबाेल राईकाे ३४७ उनका प्रतिद्वन्द्वी रञ्जित धमलाकाे १७९ रहेकाे छ ।

सचिवमा कमल न्याैपाने २५७ र तिर्थ सुवेदी २५४ मत पाएर प्रतिस्पर्धा गर्दैछन् । उप सचिवमा मणिराज राईले ३०५ अशाेक थापाले  २५५ मत ल्याएका छन् भने  केशव ढुंगेलले  १७२  ल्याएका छन् ।

तपाइँको प्रतिक्रिया ।