बुढानीलकण्ठ नगरपालिका वडा नं ९ आदर्श कोलोनीको एक घरमा आगलागी

बुढानीलकण्ठ नगरपालिका वडा नं ९ आदर्श कोलोनीको एक घरमा आगलागी

कपन अनलाइन

काठमाण्डौ ,पौष २६।

बुढानीलकण्ठ नगरपालिका वडा नं ९  आदर्श कोलोनीको एक घरमा आगलागी भएको छ। बुढानीलकण्ठ नगरपालिका वडा नं ९ निवासी सानु महर्जनको घरमा खाना पकाउने ग्याँस लिक हुँदा आगलागी भएको छ।

आगलागी हुँदा घरको उक्त घरको फ्रिज, ओभन, लगायत सम्पूर्ण भान्साको सामान पूर्ण रुपमा क्षति भएको छ। साथै सो घरको झ्यालको सिसा फुट्नुका साथै सिलिङ्गमा समेत असर परि चर्केको छ। हाल आगो नियन्त्रण भइसकेको छ भने परिवारजनमा एक बालक सहित सबै सुरक्षित रहेको नगरपालिकाको विपद व्यवस्थापन शाखाले जानकारी दिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।