बुढानिलकण्ठ नगरपालिकाका विद्यालयहरुमा कोरोना विरुद्ध खोप लगाइने (समय तालिका सहित )

बुढानिलकण्ठ नगरपालिकाका विद्यालयहरुमा कोरोना विरुद्ध खोप लगाइने (समय तालिका सहित )

कपन अनलाइन

काठमाण्डौ ,पौष २६ ।

बुढानीलकण्ठ नगरपालिका अन्तर्गतका सामुदायिक तथा निजी विद्यालयहरुमा अध्ययनरत १२ देखि १७ वर्ष उमेरका विद्यार्थिहरुलाई फाईजर (P- fizer Bio- N- Tech) खोप पौष २७ बाट लगाईदैँ छ ।

मंगलबार देखि संचालन हुन गई रहेको खोप अभियान पौष ३० गते सम्म बूढानीलकण्ठ नगरपालिकामा सञ्चालित १०३ विद्यालयहरुमा क्रमशः सञ्चालन हुने भएको छ ।

कुल १६ हजार ५ सय ७४ जना किशोरकिशोरी लक्षित गरेर यो खोप दिन लागिएको हो ।उक्त खोप अभियानबारे सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार तपाईँले थाहा पाउनुपर्ने मुख्य कुरा:

खोप लगाउने उमेर समूहः

  • १२ देखि १७ वर्षसम्म उमेर समूहका बालबालिकाहरु

खोप लगाउन आँउदा पालनागर्न पर्ने नियमहरुः

  • खोप लगाउन विद्यालयमा जाँदा विद्यालयले कोभिङ १९ खोप रजिष्ट्ररमा अनिवार्य रुपमा विद्यार्थीको विवरण  भरेको हुनु पर्नेछ ।
  • खोप लगाउन आउदा पाखुरा खोल्न मिल्ने गरी सजिला कपडा लगाएर अभिभावकहरुले पठाउन पर्नेछ ।
  • खोप केन्द्रमा आउँदा अनिवार्य रुपमा मास्क लगाउने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु पर्नेछ ।

खोप कार्यक्रम संचालनको लागी नगरपालिका जनस्वास्थ्य महाशाखाले खोप केन्द्र रहने बिद्यालयको नाम, संचालन हुने मिति र खोप सहजकर्ताको विवरण प्रकाशन गरेको छ ।

हेर्नुहोस् कुन-कुन विद्यालयमा कहिले संचालन हुदैँ छ….

जनस्वास्थ्य महाशाखाको प्रकाशित तालिकाः

 

 

तपाइँको प्रतिक्रिया ।