नेकपा एमाले काठमाण्डौको अध्यक्षमा दीपक निरौला,को को बने पदाधिकारी ?

नेकपा एमाले काठमाण्डौको अध्यक्षमा दीपक निरौला,को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ , पौष २६ ।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको अध्यक्षमा दीपक निरौला सर्वसम्मत रुपमा निर्वाचित भएका छन। काठमाण्डौ जिल्लाको छैटौ जिल्ला अधिवेसनबाट निरौला अध्यक्षमा निर्वाचित भएका हुन् ।

काठमाण्डौ क्षेत्र नं ५ ( २ ) बाट बागमती  प्रदेस सभा सदस्यमा निर्वाचित निरौला नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक समेत रहेका छन

त्यस्तै सो अधिवेसनबाट जिल्ला कमिटीको उपाध्यक्षमा नवराज पराजुली निर्वाचित भएका छन भने सचिवमा राजेस शाक्यनिर्वाचित भएका छन।यसैगरी नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको उप सचिवमा तेज प्रसाद ढकाल र बिन्दु महर्जन सर्वसम्मत निर्वाचित भएका छन

तपाइँको प्रतिक्रिया ।