गोकर्णेश्वर युवा उपकार क्लब द्वारा आयोजित क्लब सदस्यहरु बीचको मैत्रीपूर्ण ब्याटमिन्टन तथा टेबल टेनिस  प्रतियोगीता सम्पन्न

गोकर्णेश्वर युवा उपकार क्लब द्वारा आयोजित  क्लब सदस्यहरु बीचको  मैत्रीपूर्ण ब्याटमिन्टन तथा टेबल टेनिस  प्रतियोगीता सम्पन्न

कपन अनलाइन

काठमाडौं, पौष २२। गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबको ३२ औं बार्षिक उत्सबको अवसरमा क्लबका सम्पूर्ण सदस्यहरु बीच मैत्रीपूर्ण ब्याटमिन्टन तथा टेबल टेनिस  प्रतियोगीता सम्पन्न भएको छ । क्लबले प्रत्येक बर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा खेलकुदलाइ समेट्दै आएको र सो लाइ  निरन्तरता दिदै खेलकुदमा रुची राख्ने क्लबका सदस्यहरु बीचको  मैत्रीपूर्ण ब्याटमिन्टन तथा टेबल टेनिस  प्रतियोगीता पौष २४  गते शनिबार सम्पन्न भएको हो  ।

भगवती युवा क्लबको  ब्याडमिन्टन कोर्ट र गोकर्णेश्वर महादेव मन्दिर परिसरमा रहेको ब्याडमिन्टन कोर्टमा    क्लबका सदस्यहरु बीच आयोजित मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिताको फाइनल खेल  पोल बि बाट बिमल कारंजित र मोहन मल्लको जोडी संग धुर्ब नापित र कृष्ण प्रसाद श्रेष्ठको जोडी बीच भएको थियो। प्रतिस्पर्धात्मक रहेको सो खेलमा धुर्ब नापित र कृष्ण प्रसाद श्रेष्ठको जोडी बिमल कारंजित र मोहन मल्लको जोडीलाइ २१- १२ र २१-१६ अंकको सोझो सेटमा पराजित गर्दै  प्रतियोगिताको उपाधि जितेको छ ।

त्यसै गरि पोल ए बाट फाइनल खेल सुमन ताम्राकार र नारायण कार्कीको जोडी संग उमेश ढुंगाना र केदार प्रसाद दवाडीको जोडी बीच भएको थियो ।निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा उमेश ढुंगाना र केदार प्रसाद दवाडीको जोडीले सुमन ताम्राकार र नारायण कार्कीको जोडीलाइ १२- २१,२१-१९ र २१-१२ अंकको सोझो सेटमा पराजित गर्दै उपाधि जितेको छ।

त्यसै गरि सोहि दिन भएको तृतीय स्थानको लागि रामहरि श्रेष्ठ र बिर बिक्रम शाही को जोडी संग श्याम श्रेष्ठ र राजेश गुरुङको जोडी बीच भएको थियो। निकै नै प्रतिस्पर्धात्मक रहेको सो खेलमा श्याम श्रेष्ठ र राजेश गुरुङको जोडीले रामहरि श्रेष्ठ र बिर बिक्रम शाही को जोडीलाइ १३-२१,२१- ७ र २५- २७ अंकको तेस्रो सेटमा पराजित गर्दै तृतीय स्थान हासील गरेको छ।

 प्रतियोगिताको पोल बि बाट मोहन मल्ल र बिमल कारंजितको जोडीले बालकृष्ण श्रेष्ठ र राजु श्रेष्ठको जोडीलाइ २१- १४, १४ -२१ र २१- १८ अंकको तेस्रो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो ।प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि रामहरि श्रेष्ठ र बाल कृष्ण श्रेष्ठ घोसित भए ।त्यसै गरि ३२ औं बार्षिक उत्सबको अवसरमा क्लबका सम्पूर्ण सदस्यहरु बीच आयोजित  टेबल टेनिस  प्रतियोगीताको उपाधि परिवेश नेपाल र सुनिल केसीको जोडीले जितेका छन भने कमल परियार र अशोक बस्नेत दितीय भएका छ। त्यसै गरि तृतीयमा बिक्रम श्रेष्ठ ,  बिज्ञान भण्डारी , राजु कर्माचार्य र रोशन श्रेष्ठले तृतीय स्थान हासिल गरेका छन ।

 प्रतियोगितामा बिजेता, उप बिजेता , तृतीय स्थान हासिल गर्ने खेलाडी  उत्कृष्ट खेलाडीहरुलाई ट्रफी मेडल प्रमाण पत्र सहित नगद पुरस्कार समेत कार्यक्रमका प्रमुख अतिथि  गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ, क्लबका सल्लाहकार हरिकृष्ण श्रेष्ठ, राजकुमार श्रेष्ठ गोकर्णेश्वर नगरपालिका  युवा  खेलकुद विकास समिति संयोजक संजय लामा,  वडा सदस्य बालकृष्ण श्रेष्ठ, क्लबका पुर्व अध्यक्ष विजय कुमार श्रेष्ठ, प्रेम कुमार श्रेष्ठ, ज्ञान कुमार श्रेष्ठ  क्लबका अध्यक्ष  कमल परियार लगायतले वितरण गरेका थिए।कार्यक्रममा फुटबल प्रशिक्षक चेतनारायण श्रेष्ठ , शिक्षासेवी  छिरिङ ग्याल्जेन लामा ,क्लबका पुर्व अध्यक्ष प्रेमकुमार श्रेष्ठ लाइ सम्मान गरिएको थियो  ।

तपाइँको प्रतिक्रिया ।