लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियस द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियस द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, पौष २६। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियस द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको  छ। पौष २४ गते शनिबार काइजेन फर किड्स प्रि स्कुल एण्ड डे केयर सेन्टर र मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको सहयोगमा काठमाडौँ महानगरपालिका वडा नं ६ रुद्रेश्वर  महादेव मन्दिर परिसर नयाँबस्तिमा  बिहान ११ बजे देखि ३ बजे सम्म चलेको उक्त रक्तदान कार्यक्रममा २२ पिन्ट रगत संकलन गरिएको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसका चार्टर प्रेसिडेन्ट लायन विख्यात प्रसाद थपलियाले कपन अनलाइनलाइ जानकारी गराए।

छोटो छोटो समयको तयारी तथा बिभिन्न स्वास्थ्य तथा अन्य कारणले गर्दा जम्मा २२  जनाले रक्तदान गरेको  बताउदै  रक्तदान गर्न इच्छुक ब्यक्तिले समेत रक्तदान गर्न नसकेको जानकारी गराउदै कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छन  ।  कार्यक्रममा लायन्स लिडरको साथै आयोजक संस्थाका पदाधीकारी सहित सदस्यहरुको उपस्थिति रहेको थियो  ।रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भन्ने उदेश्य सहित लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।