गोकर्णेश्वर युवा उपकार क्लब द्वारा आयोजित मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीताको क्वाटर र सेमिफाइनल खेल सम्पन्न

गोकर्णेश्वर युवा उपकार क्लब द्वारा आयोजित मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीताको क्वाटर र सेमिफाइनल खेल सम्पन्न

कपन अनलाइन

काठमाडौँ पौष २३। गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबको ३२औं बार्षिक उत्सबको अवसरमा क्लबका सम्पूर्ण सदस्यहरु बीच मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीताको चौथो  दिन क्वाटरफाइनल र सेमीफाइनलका  खेलहरु सम्पन्न भएको छ । क्लबले प्रत्येक बर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा खेलकुदलाइ समेट्दै आएको र सो लाइ निरन्तरता दिदै खेलकुदमा रुची राख्ने क्लबका सदस्यहरु बीचको  मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीता पौष २४  गते सम्म चल्नेछ ।

भगवती युवा क्लबको  ब्याडमिन्टन कोर्टमा  क्लबका सदस्यहरु बीच आयोजित मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिताको  सेमी फाइनल खेल उमेश ढुंगाना र केदार दवाडीको  जोडी  संग श्याम श्रेष्ठ र  राजेश गुरुङको जोडी बीच भएको थियो। उक्त खेलमा उमेश ढुंगाना र केदार दवाडीको  जोडीले श्याम श्रेष्ठ र  राजेश गुरुङको जोडीलाइ २१- १३ र २१-१४  अंकको सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। उमेश ढुंगाना र केदार दवाडीको  जोडीले क्वाटरफाइनल खेलमा धन बहादुर श्रेष्ठ र पदम बुढाथोकीको जोडीलाई २१- १७  र २१-१९ अंकको सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। यस अघिनै   रामहरि श्रेष्ठ र बिरबिक्रम शाहीको जोडीलाइ  सुमन ताम्राकार र नारायण कार्कीको जोडीले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ  ।

आज नै धुर्ब नापित र कृष्ण प्रसाद श्रेष्ठको जोडीले नवराज श्रेष्ठ र हरि दास श्रेष्ठको जोडीलाइ २१- १७ र २१- १५ अंकको सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। यस अघि क्वाटरफाइनलमा धुर्ब नापित र कृष्ण प्रसाद श्रेष्ठको जोडीले विजय कुमार श्रेष्ठ र बिनोद राइ को जोडीलाइ २२- २०, १९-२१ र २४-२३ अंकको तेस्रो सेटमा पराजित गरेको थियो । आजै भएको तेस्रो स्थानको लागि बालकृष्ण श्रेष्ठ र राजु श्रेष्ठको जोडी संग मोहन मल्ल र बिमल कारंजितको जोडी बीच भएको थियो।

उक्त खेलमा मोहन मल्ल र बिमल कारंजितको जोडीले बालकृष्ण श्रेष्ठ र राजु श्रेष्ठको जोडीलाइ २१- १४, १४ -२१ र २१- १८ अंकको तेस्रो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ।आजै  सुशील तामाङ र मोहन श्रेष्ठको जोडी संग शिवराम कारंजित र राजेन्द्र प्रसादको जोडी  बीच भएको थियो। सो खेलमा सुशील तामाङ र मोहन श्रेष्ठको जोडीले शिवराम कारंजित र राजेन्द्र प्रसादको जोडीलाइ २१- १४ र २१- १७ अंकको सोझो सेटमा पराजित गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।