साततले-आनिगुम्बा ब्लक कल्भर्ट निर्माणको निरीक्षणमा महामन्त्री गगन थापा

साततले-आनिगुम्बा ब्लक कल्भर्ट निर्माणको निरीक्षणमा महामन्त्री गगन थापा

कपन अनलाइन
काठमाडौं, पुस २३।

नेपाली कांग्रेसका महामन्त्री तथा काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन थापाले  बुढानिलकण्ठ नगरपालिकाका वडा नं १० ,११ र १२ रहेको कपन क्षेत्रमा हुने डुवान समस्या समाधानका लागि निर्माण भैरहेको ब्लक कल्भर्टको निरीक्षण गरेका छन।

वडा नं १२ को आनीगुम्बा देखि वडा नं १० को मिलनचोक तरकारी बजार सम्म निर्माण हुने सो ब्लक कल्भर्ट निर्माण योजनाको सम्झौता रकम २८ करोड ७४लाख ३९ हजार ९ सय ५४  रुपैया ३० पैसा रहेको छ।

काठमाण्डौ उपत्यका विकास प्राधिकरणले निर्माण गर्न लागेको सो योजना २०७९ असार २० गते सम्पन्न गर्ने गरी हाइ हिमालयन जेभी बालकुमारी ललितपुरले ठेक्का सम्झौता गरेर काम अगाडी बढाएको हो।

सांसद थापा संगै सो निरीक्षणमा नेपाली कांग्रेस बुढानिलकण्ठका नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।