काठमाडौं महानगरपालिका–६ राधाकृष्ण मन्दिर नजिक युवक र युवती मृत भेटिए

काठमाडौं महानगरपालिका–६ राधाकृष्ण मन्दिर नजिक युवक र युवती मृत भेटिए

कपन अनलाइन
काठमाडौं, पुस २३ ।

काठमाडौं महानगरपालिका–६   राधाकृष्ण मन्दिर नजिक सँगै बस्दै आएका युवक–युवतीको कोठामै मृत फेला परेका छन् ।महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी सुदिप गिरीका अनुसार बिहीबार राती संखुवासभा घर भई फैका बस्ने २५ वर्षीय अनिस जिमी र खोटाङ साकेला गाउँपालिका–५ घरभई जिमीसँगै बस्ने २२ वर्षीया युसुना राईको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

बिहीबार साँझ जिमीकी आमासँगै खाना खाएर आफ्नो कोठामा बसेका उनीहरुबीच के/कसरी घटना घट्यो भन्नेबारे अनुसन्धान भइरहेको एसएसपी गिरीले बताए । ‘कोठाभित्र हानाहान भएको जस्तो आवाज आएपछि युवककी आमाले ढोका खोलेर हेर्दा घटना घटेको पाइएपछि प्रहरीलाई खबर आएको हो,’ उनले भने ।

घटनाको प्रकृति हेर्दा युवकले युवतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आत्महत्या गरेको जस्तो देखिएको प्रहरीको दाबी छ । घटनास्थलबाट धारिलो हतियार बरामद गरेको जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।