नेकपा एमाले काठमाण्डौ जिल्लाको छैटौ अधिवेसनको पूर्वसन्ध्यामा मोटरसाइकल र्‍याली

नेकपा एमाले काठमाण्डौ जिल्लाको छैटौ अधिवेसनको पूर्वसन्ध्यामा मोटरसाइकल र्‍याली

कपन अनलाइन

काठमाडौँ, पौष २२। नेकपा एमाले काठमाण्डौ जिल्लाको छैटौ अधिवेसन प्रचारप्रसारका लागि काठमाडौंमा  मोटरसाइकल र्‍याली गरिएको छ । काठमाडौंको चुच्चेपाटी बाट शुरु भएको उक्त मोटरसाइकल र्‍याली बौद्ध -जोरपाटी गोकर्ण- सुन्दरीजल- आलापोट- भद्रबास- थली हुँदै अधिबेसनस्थल अन्तरास्ट्रिय क्रिकेट मैदान मुलपानीमा पुगी समापन गरिएको थियो। पौष २३ गते अन्तरास्ट्रिय क्रिकेट मैदान मुलपानी जाऔँ  भन्ने आह्वान गर्न र्‍याली आयोजना गरिएको आयोजकले जानकारी गराएको छ  ।

कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा काठमाण्डौ इन्चार्ज कृष्णगोपाल श्रेष्ठ ,पोलिटब्युरो सदस्य रामेश्वर फुँयाल, पोलिटब्युरो सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राइ केन्द्रीय सदस्यहरु नारायण सिलवाल,केशव स्थापित,रुपनारायण श्रेष्ठ,विद्यासुन्दर शाक्य,बिना श्रेष्ठ,सरिता न्यौपाने,  काठमाडौं जिल्ला सचिव दिपक निरौला सहित लगायत नेता तथा कार्यकर्ताहरुको  उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।