गोल्डेनगेट प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबलको सेमिफाइनलमा

गोल्डेनगेट प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबलको सेमिफाइनलमा

कपन अनलाइन
काठमाडौं, पुस २३ ।
गोल्डेनगेट प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा पराजयका बावजुद बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुरले गोल्डेनगेटलाई ८०–६८ ले पराजित   गर्यो  । कीर्तिपुरका प्रनिश महर्जनले १७ अंक जोडे । लिगमा समग्रमा गोल्डेनगेटको प्लस १० र कीर्तिपुरको प्लस ७ अंक भएकाले गोल्डेनगेटले सेमिफाइनलको बाटो तय गरेको हो ।
कीर्तिपुरले सुरुका दुई क्वाटर क्रमशः २४–२३ र २१–१२ ले आफ्नो पक्षमापार्यो  । तेश्रो क्वाटरमा १३–१८ ले पछि परेको कीर्तिपुर चौथोमा २२–१५ ले अगाडि रह्यो ।
सेमिफाइनलमा गोल्डेनगेटको भेट रोयलसंग हुने छ । अर्को सेमिफाइनलमा टाइम्सले गोड्स विरुद्ध खेल्ने छ । दुवै सेमिफाइनल शुक्रबार हुने छ ।

तपाइँको प्रतिक्रिया ।