टाइम्स र रोयल प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबलको सेमिफाइनलमा

टाइम्स र रोयल प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबलको  सेमिफाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,पौष २२।

टाइम्स र रोयल प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह चरणको तीनै खेलमा अपराजित रहँदै दुवै टोली सेमिफाइनलमा पुगेका हुन् ।
चण्डोलस्थित बिशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा टाइम्सले कीर्तिपुरलाई ७६–५३ ले पराजित ग¥यो । टाइम्सको जितमा राष्ट्रिय बास्केटबल टिमका कप्तान सदीश प्रधानले २० अंक योगदान गरे । चारै क्वाटर आफ्नो पक्षमा पारेको टाइम्सले क्रमशः २७–१७, १७–१३, १७–११ र १५–१२ स्कोर ग¥यो ।
अजय कुश्वाहाको १६ अंक सहयोगमा रोयलले स्कल क्यान्डीलाई ८०–६२ ले हरायो । पहिलो क्वाटरमा २१–६ को अग्रता बनाएको रोयल दोश्रोमा १८–२१ ले पछि प¥यो । रोयलले तेश्रोमा १८–१६ र चौथोमा २३–१९ को अग्रता लियो ।
शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगितामा गोड्स पनि सेमिफाइनल यात्रा तय गर्न सफल भयो । गोड्सले क्याम्पियनलाई ५७–४० ले पाखा लगायो । गोड्सका मिनेश शाक्यले १५ अंक जोडे । दोश्रो क्वाटर ८–८ को बराबरीमा टुंगिएको थियो भने बाँकीमा गोड्स अघि रह्यो । गोड्सले पहिलोमा १२–११, तेश्रोमा २२–१४ र चौथोमा १५–७ को प्रदर्शन ग¥यो ।
अर्को लिग खेलमा गोल्डेनगेटले बीएमकेमाथि ७९–५७ को जित रच्यो । गोल्डेनगेटका विक्रम डंगोलले २७ अंक जोडे । पहिलो क्वाटरमा १७–२२ ले पछि परेको गोल्डेनगेटले खेलमा पुनारगमन गर्दै आराम्दायी जित आत्मासात्   ग¥यो । गोल्डेनगेटले दोश्रो क्वाटर २०–१२, तेश्रो २५–१३ र चौथो १७–१० ले आफ्नो पक्षमा पा¥यो ।
लिगको अन्तिम दिन बिहीबार हुने एक मात्र खेलमा कीर्तिपुरले गोल्डेनगेटको सामना गर्ने छ । यहि खेलले सेमिफाइनल समीकरण तयार गर्ने छ ।

तपाइँको प्रतिक्रिया ।