भारतको कोठीमा पुर्याइ महिलालाई बेचेको अभियोगमा कपनबाट तामाङ पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,पौष २१।
महिलालाई भारतको कोठीमा पुर्याइ बेचेको अभियोगमा कपनबाट एक महिला पक्राउ परेकी छन। महिलालाई भारतको कोठीमा पुर्याइ बेचबिखन गरेको अभियोगमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–५ स्थायी ठेगाना भएकी २६ वर्षीया अनिशा तामाङ भनिने फूलमाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीको टोलीले बुढानिलकण्ठ नगरपालिका–१० कपनबाट तामाङलाई पुस ९ गते पक्राउ गरेको हो ।
फूलमायाले पीडित महिलालाई विभिन्न प्रलोभन देखाई २०७४ साउनमा बेहोश हुने औषधि खुवाएर विभिन्न ठाउँ हुँदै भारतको बम्बई, ईलाबाद, कलकत्ता तथा कुचबिहारको कोठीहरुमा पुर्याइ पटक–पटक बेचबिखन गरी वेश्यावृत्तीमा लगाएकी थिइन् ।
भारतीय प्रहरीको समन्वयमा नेपाली राजदुतावास तथा नेपालस्थित विश्व सेवा विस्तार संस्थाको सहयोगमा गत असोज २३ गते ती महिला नेपाल फर्काउन सफल भएको प्रहरीले जनाएको छ ।