लागूऔषध सेवन गराई जबरजस्ती करणी गरेको अभियोगमा बुढानिलकण्ठ-५ बस्ने भण्डारी पक्राउ
कपन अनलाइन
काठमाडौं ,पौष २० ।
२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका-५ बिष्णुमती डेरा गरी बस्ने मोरङ विराटचोक घर भएका २८ वर्षीय बिनोद भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
बुढानीलकण्ठ नगरपालिका-२ बाडेपाखामा रहेको खाली चौरमा भण्डारीले लागूऔषध सेवन गराई बिहीबार साँझ ति युवतीलाई पटक-पटक जबरजस्ती करणी गरेका थिए।
घटनाको सुचना प्राप्त हुनासाथ सक्रिय बनेको प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीटोलीले भण्डारीलाई उनलाई पक्राउ गरेको थियो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
तपाइँको प्रतिक्रिया ।