गोकर्णेश्वर युवा उपकार क्लब द्वारा आयोजित मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीताको दोस्रो दिनको खेलहरु सम्पन्न

गोकर्णेश्वर युवा उपकार क्लब द्वारा आयोजित मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीताको दोस्रो दिनको खेलहरु सम्पन्न

कपन अनलाइन

काठमाडौं ,पौष २० ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबको ३२ औं बार्षिक उत्सबको अवसरमा क्लबका सम्पूर्ण सदस्यहरु बीच मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीताको दोस्रो दिनका खेलहरु सम्पन्न भएको छ । क्लबले प्रत्येक बर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा खेलकुदलाइ समेट्दै आएको र सो लाइ  निरन्तरता दिदै खेलकुदमा रुची राख्ने क्लबका सदस्यहरु बीचको  मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीता पौष २४  गते सम्म चल्नेछ ।

भगवती युवा क्लबको  ब्याडमिन्टन कोर्टमा  क्लबका सदस्यहरु बीच आयोजित  मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिताको दोस्रो दिनको पहिलो खेल मोहन श्रेष्ठ र राज कुमार श्रेष्ठको जोडी संग रबिन बम्जन र हरि शरण श्रेष्ठको जोडी बीच भएको थियो प्रतिस्पर्धात्मक रहेको उक्त खेलमा रबिन बम्जन र हरि शरण श्रेष्ठको जोडीले मोहन श्रेष्ठ र राज कुमार श्रेष्ठको जोडीलाई २१- १५ र २१-१६ अंकको सोझो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ। आजै भएको दोस्रो खेल नारायण कार्की र सुमन ताम्राकारको जोडी संग  श्री कारंजित र बिक्रम श्रेष्ठको जोडी  बीच भएको थियो।

प्रतिस्पर्धात्मक रहेको उक्त खेलमा  नारायण कार्की र सुमन ताम्राकारको जोडीले श्री कारंजित र बिक्रम श्रेष्ठको जोडी  श्री कारंजित र बिक्रम श्रेष्ठको जोडी   २१-१८, २१-१४ र २१-१८ अंकको तेस्रो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ। त्यसै गरि आजै भएको तेस्रो खेल कमल परियार र लोपजंग लामाको जोडी संग धन श्रेष्ठ र पदम बुढाथोकीको जोडी बीच भएको थियो ।

उक्त खेलमा धन श्रेष्ठ र पदम बुढाथोकीको जोडीले कमल परियार र लोपजंग लामाको जोडीलाई २१- १२ र २१- १३ अंकको सोझो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ । आजै भएकोदोस्रो दिनको  अन्तिम खेल बाल कृष्ण श्रेष्ठ र राजु श्रेष्ठको जोडी संग विकेश श्रेष्ठ र राजकुमार श्रेष्ठको जोडी बीच भएको थियो। निकै नै प्रतिस्पर्धात्मक रहेको उक्त खेलमा  बाल कृष्ण श्रेष्ठ र राजु श्रेष्ठको जोडीले विकेश श्रेष्ठ र राजकुमार श्रेष्ठको जोडीलाइ २१- १४,  १४-२१ र २१- २३ अंकको तेस्रो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ।

तपाइँको प्रतिक्रिया ।