बुढानीलकण्ठ नगरपालिका वडा नं ९ मण्डिखाटारमा निः शुल्क दन्त शिविर सम्पन्न

बुढानीलकण्ठ नगरपालिका वडा नं ९ मण्डिखाटारमा निः शुल्क दन्त शिविर सम्पन्न

कपन अनलाइन
काठमाडौं, पौष  १९।

बुढानीलकण्ठ नगरपालिका वडा नं ९ मण्डिखाटारमा निः शुल्क दन्त शिविर सञ्चालन भएको छ । वडा नं ९ मा रहेको  श्री कुमारी युवा क्लब र अहमदिया संघ नेपालको संयुक्त आयोजनामा भएको उक्त शिविरबाट ९७ जनाले  सेवा प्राप्त गरेका  छन् ।

मण्डिखाटार स्थित प्रदिप डेण्टल क्लिनिकमा सञ्चालन भएको  उक्त शिविरमा दन्त विषेशज्ञहरु द्वारा निःशुल्क परिक्षण, उपचार तथा परामर्श प्रदान  गरिएको थियो ।

उक्त शिविरमा पुर्व प्रधानमन्त्री सल्लाहकार डा. राजन भट्टराई, वडा नं ०९ कार्यबाहक अध्यक्ष सुमित्रा त्रिपाठि पाण्डे, अहमदिया संघ नेपालका प्रतिनिधिहरु लगायत श्री कुमारी युवा क्लबका सक्रिय सदस्यहरुको उपस्थिति  थियो ।

कार्यक्रममा चिकित्सक, नर्स लगयात सहयोगी संघ संस्थाहरुलाई वडा नं ०९ कार्यबाहक अध्यक्ष सुमित्रा त्रिपाठि पाण्डेले  विशेष सम्मान गरेकी थिइन् ।

तपाइँको प्रतिक्रिया ।