संविधानसभा बैठक बोलाएपछि तीस दलीय मोर्चा नयाँ रणनीति बनाउन जुट्दै

काठमाडौ, १६ चैत । एकीकृत नेकपा माओवादी नेतृत्वको विपक्षी गठबन्धनको बैठक आज बस्दैछ ।
दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा अहिलेसम्म भएको वार्ता र छलफलको समीक्षा गर्दै आगामी कार्यक्रम बनाइने तयारीस्वरुप बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।

30-Parties-Meeting
विपक्षी मोर्चाले हिजोसम्म गरिएका वार्ताहरु सकारात्मक नभएको निष्कर्ष हिजै साँझ बसेको बैठकले पनि निकाल्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताइसकेको छ ।
साथै सभाध्यक्षले अर्को हप्ता संविधासभाको बैठक बोलाएपछिको अवस्थाका बारेमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।