गाउँगाउँमा बलियो कांग्रेस खोज्दै केन्द्रीय सदस्य रामहरी खतिवडा

गाउँगाउँमा बलियो कांग्रेस खोज्दै केन्द्रीय सदस्य रामहरी खतिवडा

कपन अनलाइन

काठमाण्डौ ,पौष १८।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले गाउँमा कांग्रेस बलियो हुदा मात्रै चुनावमा जित हुने बताएका छन् ।

शनिबार ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले गाउँका कार्यकर्ताले नै कांग्रेसलाई बचाएर राखेको धारणा राखेका थिए ।

कांग्रेसको जीवन गाउँका कार्यकर्ताले बचाएर राखेको र उनीहरुकै कारण कांग्रेस बाँचेको भन्दै  खतिवडाले ओखलढुंगाको विकासमा आफूले सधैँ अग्रस्थानमा रहेर काम गर्ने प्रतिवद्धता पनि जनाएका थिए  ।

सो अवसरमा  उनले भने, ‘ओखलढुंगाको विकासमा तेरो वा मेरो भनेर भेदभाव नगरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । कुनै विकासको कार्यक्रम चाहिएको छ भने मलाई भन्नु होला । सक्ने सहयोग गर्नेछु ।’सो कार्यक्रममा  सञ्जय नेपालीको संयोजकमा १५ सदस्यीय हर्कपुर टोल समिति गठन समेत गरिएको थियो  ।

 

तपाइँको प्रतिक्रिया ।