बुढानिलकण्ठ -१३ मा भएको आरडब्लु विन्टर स्लाममा चट्टान च्याम्पियन

बुढानिलकण्ठ -१३ मा भएको आरडब्लु विन्टर स्लाममा चट्टान च्याम्पियन

कपन अनलाइन

काठमाण्डौ ,पौष १८।

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको आरडब्लु विन्टर स्लाममा चट्टानले हेभीवेट बेल्टको उपाधि रक्षा गरेका छन् ।
बूढानीलकण्ठको चुनीखेल मैदानमा भएको प्रतियोगिताको हेभीवेट उपाधिका लागि भएको प्रतिस्पर्धामा चट्टानले डेविडलाई हराउँदै हेभीवेट बेल्ट आफैसँग सुरक्षित राखे । उनले ८० हजार रुपैयाँ पुरस्कार पाए ।
लाइट हेभीवेटमा साइनले यूबीएल स्टोनलाई पराजित गरे । उनले ५० हजार रुपैयाँ पुरस्कार पाए । त्रिपल थ्रेट म्याचमा बाकाले एक्स हिरो र योङ सेडीको चुनौती पन्छाउँदै ४५ हजार रुपैयाँ जिते ।
लाइट वेट म्याचमा सिजे वल्र्डले महिला रेस्लर तनुलाई हराउँदै २५ हजार पुरस्कार जिते । निकै प्रतिस्पर्धात्मक हार्डकोर म्याचमा किङ रोबर्टले नुवाकोटे टाइगरलाई पराजित गरे । हार्डकोर च्याम्पियन किङ रोबर्टले ६० हजार प्राप्त गरे ।
प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिका वडा १३ को विशेष सहयोग थियो । वडा १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले स्थानिय पर्यटनको प्रवद्र्धनमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्रतियोगिताको हाम्रो खेलकुद डटकमले प्रत्यक्ष प्रसारण गरेको थियो ।
जलवायु दिवासको उपलक्ष्यमा दोश्रो आरडब्लु विन्टर स्लाम सिन्धुपोलचोकको गुफा डाँडामा आईतवार नै हुने संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् ।

जिल्ला विकास समन्वय समिति सिन्धुपालचोक र नेपाल रिङ रेस्लिङ संघको आयोजनामा हुने प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने छ । हेभी वेट च्याम्पियनले ७५ हजार, हार्डकोर च्याम्पियनले ६५ हजार, मिडल वेट च्याम्पियनले ४० हजार, ट्याग टिम च्याम्पियनले ४० हजार तथा लाइट वेट विजेताले ३५ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको अनुमानित बजेट १० लाख रहेको छ । दोश्रो आरडब्लु विन्टर स्लाममा पनि नुवाकोटे टाइगर, चट्टान, डेभिड, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एन्जल, तन्नु, सिजे, एससी, किङ रोबोर्ट, जोन, बाका, युबिएललगायतका चर्चित खेलाडीको पनि सहभागिता रहने छ ।

तपाइँको प्रतिक्रिया ।