अनेम संघ बुढानिलकण्ठको बधाई ज्ञापन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनेम संघ बुढानिलकण्ठको बधाई ज्ञापन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, पौष १७।

अखिल नेपाल महिला संघ बुढानिलकण्ठ नगर कमिटीको आयोजनामा दशौ महाधिवेसनबाट निर्वाचित केन्द्रीय सदस्यहरुको बधाई ज्ञापन तथा लैंगिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न भारको छ।

स्काई जोन पार्टी प्यालेस धुम्बाराहीमा भएको कार्यक्रमको अध्यक्षता नगर कमिटी अध्यक्ष निर्मला पुडासैनी ( खड्का ) ले गरेकी थिइन् भने प्रमुख अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराई रहेका थिए।

लैंगिक हिंसा विरुद्धको अभियानका वारेमा प्रशिक्षण समेत प्रदान गरिएको उक्त कार्यक्रममा स्थायी कमिटी सदस्य डा.राजन भट्टराई,केन्द्रीय सदस्य टंक कार्की,शान्ति अधिकारी र सरिता न्यौपानेलाई दोसल्ला सहित बधाई ज्ञापन गरिएको थियो।

नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य मिठाराम अधिकारी,अनेम संघ केन्द्रीय सदस्य तथा क्षेत्र नं ४ इन्चार्ज सरिता निरौला,अनेम संघ प्रदेस कमिटी सदस्य तथा नगर उपप्रमुख रमा राई ,जिल्ला सदस्य तथा नगर इन्चार्ज देवी रेग्मी सहित अनेम संघका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा भएको कार्यक्रममा रुपा निरौलाले स्वागत मन्तव्य राखेकी थिइन् भने संचालन ज्ञानु थापा र भवानी भट्टराई देउजाले गरेका थिए।

 

 

 

तपाइँको प्रतिक्रिया ।