शिव सेना नेपाल, ललितपुरको आयोजनामा अनमोल स्मृति खुला बास्केटबल हुने

कपन अनलाइन

काठमाण्डौ ,पौष १५।

शिव सेना नेपाल, ललितपुरको आयोजनामा प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
प्रतियोगिता बिहीबारदेखि हुने तालिका रहेपनि प्राविधिक कारणले आइतबारदेखि मात्र सुरु हुने आयोजकका अध्यक्ष रविन्द्र अवालेले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । समूह ‘ए’ मा टाइम्स, कीर्तिपुर, विएमके र गोल्डेनगेट रहेका छन् । रोयल, गोड्स, स्कल क्यान्डी र क्याम्पियन समूह ‘बी’ मा छन् ।
विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ । खेलहरु चण्डोलस्थित विशाल मिलन केन्द्र (बिएमके) को कोर्टमा हुने छ ।

तपाइँको प्रतिक्रिया ।