यस्तो छ आजको मौसम पूर्वानुमान : राति अधिकांश स्थानमा आंशिक बदली हुने

यस्तो छ आजको मौसम पूर्वानुमान : राति अधिकांश स्थानमा आंशिक बदली हुने

कपन अनलाइन

काठमाण्डौ ,पौष १५।

बिहीवार थोरै स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ‘देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ,’ महाशाखाले जनाएको छ।

त्यसैगरी राति भने अधिकांश स्थान आंशिक बदली रहने बताइएको छ।

तपाइँको प्रतिक्रिया ।