गोकर्णेश्वर नगरपालिका वडा नं ४ को अन्तरक्रिया सम्बन्धी सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं, पौष १३ ।  गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले  अन्तरक्रिया कार्यक्रममा सहभागी हुन सार्वजनीक  सुचना मार्फत अनुरोध गरेको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठले जारी गरेको सुचनामा कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका र शंखरापुर नगरपालिका द्वारा संचालन गर्न लागेको पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनाको बारेमा गोकर्णेश्वर नगरपालिकाको वडा नं ४ को पिङ्गला स्थान साबिक ५ क, उत्तर बाहिनी क्षेत्र नं ७, ८ क र ८ ख का जग्गा धनि- मोहीहरु बीच २०७८ साल पौष १४  गते बुधबार बिहान ८ बजे हिमाली घर ( उत्तर बाहिनी जाने बाटो ओरालोमा) अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएकोले   सम्बन्धित सरोकारवालाहरुलाई अनिवार्य उपस्थितिको लागि सार्वजनिक सुचना मार्फत अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।