समायोजन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं साधारण सभा हुने

कपन अनलाइन
काठमाडौं, पौष १३।
बुढानिलकण्ठ नगरपालिका वडा न. ३ ,चपली स्थित समायोजन बचत तथा ऋण सहकारी संस्था लि. को १२ औं वार्षिक साधारण सभा कार्यक्रमको आयोजना हुने भएको छ ।
समायोजन बचत तथा ऋण सहकारी संस्था बुढानिलकण्ठ नगरपालिका भित्र रहेका सहकारीहरु मध्येमा एक चलाएमान एवम व्यवस्थित सहकारी अन्तर्गत पर्दछ । यस सहकारीको १२ औं वार्षिक साधारण सभा आवश्यक स्वास्थ सतर्कता अपनाइ भौतिक रुपमा नै हुने बारे संस्थाका संचालक एवम प्रबन्धक दामोदर पौड्यालले जानकारी गराउनु भएको छ ।
यहि २०७८ पौष २४ गते शनिबारको दिन बुढानिलकण्ठ पार्टी प्यालेसमा बिहान १०:३० बजे हुने साधारण सभा कार्यक्रममा सम्पूर्ण सेयर सदस्य, कमर्चारी एवम शुभचिन्तकहरुलाइ उपस्थित भइदिनुहुन समेत उनले आग्रह गरेका छन  ।
तपाइँको प्रतिक्रिया ।