स्थानीय तहको निर्वाचन तयारीका वारेमा छलफल

कपन अनलाइन
काठमाडौं, पौष १३।

स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने वा एकभन्दा बढी चरणमा गर्ने भन्ने विषयमा सरकारले सम्बद्ध अधिकारीसँग छलफल सुरु गरेको छ। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २०७९ वैशाख १४ गतेलाई प्रस्ताव गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनपूर्वको सुरक्षा अवस्था र निर्वाचनका लागि आवश्यक शान्तिसुरक्षा व्यवस्थाका विषयमा सोमबार सम्बद्ध अधिकारीसँग छलफल गरेका छन् ।

उनले निर्वाचनका लागि स्रोतसाधनको आकलन, उपलब्धता तथा व्यवस्थापनबारे जानकारी लिएको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । गोरखापत्र दैनिकबाट

तपाइँको प्रतिक्रिया ।