मायादया क्लिनिकको सहकार्यमा करुणा अस्पताल चुनिखेलमा निःशुल्क डायलेसिस सेवा

कपन अनलाइन
काठमाडौं, पौष १३  ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको  कपन गुम्बाको निगरानीमा रहेको माया दया स्वास्थ्य क्लिनिकको साझेदारी तथा समन्वयमा करुणा अस्पताल चुनिखेलमा निःशुल्क डायलेसिस सेवा संचालन भएको छ ।

करिव ३० वर्ष देखि  विभिन्न किसिमका स्वास्थ्य सेवाहरु प्रदान गर्दै आएको  उक्त क्लिनिकका अध्यक्ष स्याङ्गे तेन्जिङ्ग शेर्पाको संयोजनमा  सामाजिक विकास मन्त्रालयको विपन्न कोषबाट १० वटा शय्याको स्विकृति प्राप्त भइ हाल यस सेवा सञ्चालनमा ल्याइएको हो ।

आर्थिक स्थितिका कारण आफ्नो मृगौला फेल हुने लगायत विभिन्न समस्या भोगिरहेका बिरामीहरुका लागि अन्य औषधीहरु मात्र प्रयोग गर्नु परेको जटिल अवस्थालाई ध्यानमा राखि अस्पताल तथा उक्त क्लिनिकको सहायतामा सो निःशुल्क सेवा प्रदान गर्दै आएको अस्पतालले जानकारी दिएको छ।

बुढानीलकण्ठ नगरपालिकामा बसोबास गर्ने र सो सेवा अन्य स्थानबाट लिइरहेका  आर्थिक स्थितिले विपन्नभएका नगरवासीले वडा तथा नगरपालिकाबाट विवरण खुलाई  सिफारिस लिएर सो सेवा उपभोग गर्न सक्नेछन ।

सो सेवा उपभोग गर्नका लागि वा  अन्य सहयोग तथा समस्या परेको खण्डमा बूढानीलकण्ठ नगरपालिका वडा १३ का  समाजसेवी भरत श्रेष्ठको सम्पर्क नं ९८५१०५४०७६ गर्न सकिनेछ।   फोटो सौजन्य : बिएसजी न्युज

तपाइँको प्रतिक्रिया ।