काठमाण्डौ महानगरपालिका वडा नं १० र ११ मा उदघोषण कला तालिम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,पौष ७।

काठमाण्डौ महानगरपालिका वडा नं १० र ११ मा उदघोषण कला तालिम सम्पन्न भएको छ। काठमाण्डौ महानगरपालिका वडा नं १० को कार्यालयमा भएको सो तालिममा वडा नं १० र ११ का वडावासीहरुको सहभागिता रहेको थियो।

काठमाण्डौ महानगरपालिकाको सहयोग र बाल सारथी तथा बेटर नेपालको आयोजनामा भएको सो तालिमको समापन कार्यक्रमको प्रमुख अतिथि महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य रहेका थिए।

बाल सारथीकी संस्थापक अध्यक्ष तथा संरक्षक डा. माला खरेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा वडा नं १० का अध्यक्ष रामकृष्ण केसी, वडा नं ११ का अध्यक्ष हिरालाल तन्डुकार,वडा नं की सदस्य तथा तालिम कार्यक्रमकी संयोजक सिर्जना खरेल ,चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ लगायत अतिथि रहेका थिए।

उदघोषण कला तालिमको समापनमा बोल्दै प्रमुख अतिथि शाक्यले व्यक्तित्व र नेतृत्व विकासका लागि उद्घोषण कला तालिमको निकै महत्वपूर्ण भूमिका रहेको भन्दै महानगरका ३२ वटै वडामा तालिम संचालन गर्ने तयारीमा रहेको बताउदै इच्छुक संघ संस्था र समुहहरुलाई सहभागिताका लागि आग्रह गरेका थिए।

तिन दिन भएको  सो तालिममा उदघोषण कला,तालिका निर्माण,संचार सिप लगायतका विषयको सैदान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको थियो।

 

तपाइँको प्रतिक्रिया ।