गोकर्णेश्वर ७ को फोटो सहितको मतदाता नामावली संकलन  सम्बन्धि सार्वजनिक सुचना

गोकर्णेश्वर  ७ को फोटो सहितको मतदाता नामावली संकलन  सम्बन्धि सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौँ, पौष ७ । गोकर्णेश्वर नगरपालिका वडा नं  ७ ले फोटो सहितको मतदाता नामावली संकलन  सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ।  वडा अध्यक्ष  केशब गुरुङले जारी गरेको उक्त सुचनामा जिल्ला निर्वाचन कार्यालय काठमाडौं र गोकर्णेश्वर नगर कार्यपालिकाको कार्यालय द्वारा प्रकाशित सुचना अनुसार फोटो सहितको मतदाता नामावली संकलन कार्य संचालन हुने भएकोले गोकर्णेश्वर नगरपालिका वडा नं ७ भित्र स्थायी ठेगाना भई यस पुर्व मतदाता नामावलीमा नाम समाबेश नभएका मतदाता  बन्न योग्य वडाबासीहरुले  सक्कल नागरिकता र सोको प्रतिलिपि, बसाइ सराइ आएको हकमा बसाइ सराइ सक्कल प्रमाण पत्र र सोको प्रतिलिपि र विवाहित महिलाको हकमा बिवाह  दर्ताको सक्कल प्रमाण पत्र र सोको प्रतिलिपि  सहित मिति २०७८ साल पौष १२ र १३ गते गोकर्णेश्वर नगरपालिकाको कार्यालयमा स्वयं उपस्थित भई आफ्नो मतदाता नामावलीमा नाम दर्ता गराउन सम्बन्धित सबैमा सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।