तात्यो अनेरास्ववियु सिन्धुपाल्चोक

कपन अनलाइन

काठमाण्डौ,पौष ६/दिपक विक्रम देउजा

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मेलम्ची नगरपालिकाका र हेलम्बु गाउँपालिकाको विभिन्न विद्यालय तथा क्याम्पसहरुमा कमिटि गठन गरेको छ । अनेरास्ववियु संगठन सुदृढीकरण अभियान अन्तर्गत  देशभरिनै चलिरहेको अभियान अन्र्तगत आज मेलम्चीका विभिन्न विद्यालयहरुमा कमिटि गठन गरिएको अनेरास्ववियु नेता रामहरि कार्कीले जानकारी दिएका छन  ।

इन्द्रावती क्याम्पस मेलम्चीमा २७ सदस्यीय कमिटि गठन गरेको छ । अनेरास्ववियुका केन्द्रिय कमिटि सचिवालय सदस्य हिरा चौलागाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राज कुमार कार्किको अध्यक्षतामा कमिटि गठन गरेको हो ।

समितिमा किसन दुलाल उपाध्यक्ष, वुद्धमान दोङ सचिव, र अनुसा सापकोटा कोषाध्यक्षमा चयन भएका छन् । विद्यार्थीहरुको हक अधिकार सुनिश्चित गराउने उद्देश्यले कमिटि निमार्ण गरिएको केन्द्रिय कमिटि सचिवालय सदस्य चौलागाईले जानकारी दिएका छन ।

अनेरास्ववियुका नेता तथा इन्द्रवती बहुमुखी क्याम्पसका स्ववियु सचिव राम विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जनता माद्यमिक विद्यालय ज्यामिरेको कक्षा ११–१२मा सागर अधिकारीको अध्यक्षतामा ३१ सदस्यीय कमिटि गठन गरिएको छ भने जनता माद्यमिक विद्यालय ज्यामिरे कक्षा १० सम्ममा गगन विष्टको अध्यक्षतामा ४५ सदस्यीय कमिटि गठन गरिएको अनेरास्ववियुको नेता राम विष्टले जानकारी दिएका छन। त्यस्तै सातकन्या माद्यमिक विद्यालय रातमाटामा अमर गिरिको अध्यक्षतामा २७ सदस्यीय कमिटि गठन गरिएको विष्टले जानकारी दिए  ।

जिल्ला कमिटि सदस्य नविन पाण्डेको प्रमुख आतिथ्यमा कमिटि गठन गरिएको रविन तामाङले जानकारी दिए । अनेरास्ववियुको देशभरी नै संगठन विस्तार चलिरहेकाले मेलम्चीमा पनि कमिटि गठन गरिएको चौलागाईले बताए । त्यस्तै मेलम्ची भ्याली क्याम्प हेलम्बु ४ ग्याथुममा अध्यक्ष कमला खतिवडा, उपाध्यक्ष गोकुल लामिछाने ,सचिव अजिता गजुरेल सहसचिव अस्मिता पण्डित ,नारायण सुवेदी र कोषाध्यक्षमा पवनकुमार लामिछाने रहेको १३ सदस्यीय क्याम्पस कमिटी गठन अनेरास्ववियु जिल्ला सचिवालय सदस्य तथा अनेरास्ववियु सानोठिमी क्याम्पस कमिटीका अध्यक्ष सरोज बोहराको प्रमुख आतिथ्यमा कमिटी गठन गरेको नेता लक्ष्मण सिलवालले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।