आमाको हत्यारालाई कारबाहीको माग गर्दै चन्द्रराम यादव (छोरा) आए मिडियामा

कपन अनलाइन

काठमाण्डौ,पौष ६।

कपिलवस्तुकी ७० वर्षीया कोवा अहिरनीको २०७६ साल पुस ४ गते भएको मृत्युमा संलग्न वडा अध्यक्षलगायतलाई कारबाही गर्न परिवारले माग गरेको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिवारले अहिरनीको मृत्युमा संलग्न महाराजगञ्ज नगरपालिका ११ का वडाध्यक्ष जगदिश तिवारी र बुद्धभूमी नगरपालिका–८ का वडाध्यक्ष कपिल तिवारीलगायतलाई कारबाही गर्नुको सट्टा प्रहरीले उल्टै संरक्षण गरेको आरोप लगाएको हो ।
कार्यक्रममा बोल्दै अहिरनीका साहिँला छोरा चन्द्रराम यादवले प्रहरीले आफ्नो आमाको हत्यामा संलग्नलाई बचाएको आरोप लगाए । उनले आरोपितलाई बचाउने र परिवारलाई दुःख दिने षड्यत्र प्रहरीले नै गरेको समेत जिकिर गरे ।
यादवले आमा मामाघर गएको २०७६ पुस ४ गते र त्यसको भोलिपल्ट अर्थात पुस ५ गते आमाको शव भेटिएको र ६ गते पोस्टमार्टम गरेर वेवारिशे लाश भनेर नगरपालिकाले गाडिदिएकोमा दुःखेसो पोखे । त्यत्ति चाँडै शव गाडिएकोमा आफूहरुको आपत्ति रहेको उनले सुनाए । उनले भने,‘हामीलाई कुनै खबर नै आएन्, मेरो आमाको लाशलाई हतार गरेर किन लुकाईयो ? पानीनै नभएको तालमा डुबेर मरेको मुचुल्का उठाइएको छ । यो हुनै सक्दैन् । घट्ना मामाघर र आफ्नो गाउँको बीचमा भएको हो ।’ उनले प्रमाणनै लोप भइसकेपछि प्रहरीले अनुसन्धान गरेकोमा आश्चर्य लागेको सुनाउँदै प्रश्न गरे–‘हामी कस्तो देश र सुशासनमा हुर्केका छौं ।’
उनले ४ जना दाजुभाईमध्ये दुई जना काठमाडौं र दुई जना हरिहर गाउँमै बस्दै आएको पनि सुनाए । उनले आफु र एक भाई काठमाडौंमा जागिर खाँदै आएकोले आमा हराएको खबर आएपछि तुरुन्तै जान नसकेको स्मरण गराए । उनले भने,‘आमा ३÷४ दिनदेखि मावली गएको तर कहाँ जानुभयो भनेर कुनै जानकारी नभएको भनेर हामीकहाँ खबर आएको थियो, हामी पनि कामविशेषले तुरुन्तै जान सकेनौं ।’
आफूहरुले काठमाडौंबाट गएर आमा हराएको भनेर प्रहरीकहाँ सूचना दिएको यादवले सुनाए । त्यहीबेला एकजना मरेको थरुनी बलात्कृत अवस्थामा महाराजगञ्जमा भेटिएको खबर पाएपछि आफूहरु नगरपालिका पुगेको पनि उने सुनाए । उनले नगरपालिकामा शवको फोटो देखाउन आग्रह गर्दा आफ्नो आमाको खुट्टा मात्र देखाउँदा दाजुभाईले आमाको शव पहिचान गरेको सुनाए । प्रहरीलाई एकपटक आमाको मुख देखाउन आग्रह गरेपछि मात्र आमाको मुखको फोटो देखाएपछि गाडिएको स्थानमा गएर शव झिकेर आमाको अन्तिम संस्कार गरेको सुनाए । केही व्यक्तिहरुको समुह आएर लाश जलाएको भन्दै आफुलाई थर्काएको समेत उनले बताए । आमाको अन्तिम संस्कार पनि गर्न नदिएको भन्दै उनले गुनासो गरे ।
यादवले बेवारिसे लाश नभएर कसैलाई खबर नगरेर वडाध्यक्ष तिवारीले गाड्न लगाएकोले तिवारीलगायतको नाममा किटानी जाहेरी दिएको बताए । उनले भने,‘तिवारीले हाम्रो परिवारलाई राम्ररी चिनेका छन्, उनले झुट बोलेका हुन् । यसमा ठुलो षड्यन्त्र गरिएको हुनुपर्छ ।’
पुस १७ गते आमाको मृत्यु दर्ता गराउन जाँदा मृत्यु दर्ता गराउने प्रक्रिया ठीक नभएर घरमै मरेको भन्नुपर्ने प्रशासनले बताएको पनि उनले स्पष्ट पारे । मृत्युदर्ता गर्न पनि मुश्किल परेको उनको भनाई थियो । उनले २५ दिनपछि किटानी जाहेरी दिन खोज्दा ढिलो भइसकेको भन्दै माथिल्लो निकायमा जाहेरी दिन आग्रह गरिएको सुनाए । लामो संघर्षपछि २०७६ को माघको १७ गते आमाको मृत्यु दर्ता भएको उनले सुनाए ।
बहिनीको पनि भारतमा मृत्यु भएको, भाईलाई कसैले.मारेको र आमालाई पनि मारेर गाडिदिएको भन्दै उनले आँशु बगाउँदै भने, ‘भाइ र आमाको मृत्युले त झन् निकै पीडा दिएको छ ।’ २०७३ चैत्र २६ गते भाईले आत्महत्या गरेको भनेपनि अदालतले आत्महत्या नभई हत्या भएको सफाई दिएर आफुहरुलाई न्याय दिएको स्मरण गराए । अहिले आमाको हत्यारा पत्ता लगाउन उनले सरकारसमक्ष विलौना गरेका छन् ।
जलप्रसाद अहिर (माहिला दाई) लाई किटानी जाहेरी दिएपछि २ वडाअध्यक्षहरुले विभिन्न बहाना बनाएर दुःख दिएको उनले बताए । उनले ११ दिन अगाडि प्रहरीको भ्यान आएर आमाको फोटो देखाएर (नपढेको) माहिला दाजुलाई दस्तखत गर्न बाध्य बनाईएको बताए । प्रहरीले कस्तो खालको कागजातमा हस्ताक्षर गरेको भन्दै त्यसको कारणबारे जानकारी दिनुपर्ने उनले बताए ।

तपाइँको प्रतिक्रिया ।