नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ कार्यसमिति चयन,को को बने पदाधिकारी ?

नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ कार्यसमिति चयन,को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ ,पौष ५।

बुढानिलकण्ठ नगरपालिका वडा नं  १२ मा रहेको नवोदय सहकारी संस्थाको वार्षिक साधारण सभा तथा अधिवेसन सम्पन्न भएको छ।

बागमती प्रदेश सरकाराका कृषि तथा पशुपन्छी बिकास राज्यमन्त्री इन्द्रमाया गुरुङको प्रमुख आतित्यथामा चाबहिल स्थित ए वान पार्टी प्यालेसमा भएको साधारण सभा तथा अधिवेसनले नेत्र प्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

सो संस्थाको उपाध्यक्ष बिष्णु प्रसाद भट्टराई, सचिव गणेश प्रसाद भट्टराई, कोषाध्यक्ष नवीन आचार्य सदस्यहरु  रबिन्द्र भट्टराई, देवकी नेपाल अर्याल, पदम प्रसाद आचार्य निर्वाचित भएका छन। त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजक बिस्वराज धिताल र सदस्यहरुमा  भेष बहादुर डोटेल तथा  संगिता तामाङ चयन भएका छन।

नवोदय सहकारी संस्थाको साधारण सभाले  आर्थिक बर्ष २०७७/७८ वार्षिक प्रतिबेदन नाफा नोक्सान सहित अध्यक्षको प्रगती बिवरण कोषाध्यक्षको आर्थिक प्रतिबेदन लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन पारित गर्नुका साथै राज्यमन्त्री गुरुङ र संस्थाका निवर्तमान   अध्यक्ष राजन आचार्यलाई सम्मान समेत गरिएको थियो।

 

तपाइँको प्रतिक्रिया ।