शंखरापुर नगरपालिका–३ जर्सिङपौवाको रिसोर्टमा युवती मृत अवस्थामा फेला

शंखरापुर नगरपालिका–३ जर्सिङपौवाको रिसोर्टमा युवती मृत अवस्थामा फेला

कपन अनलाइन

काठमाण्डौ ,पौष ४।

शंखरापुर नगरपालिका–३ जर्सिङपौवाको एक  रिसोर्टमा युवती मृत अवस्थामा फेला परेकी छिन् । जर्सिङपौवाको लाङटाङ ईको रिसोर्टमा कार्यरत ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–९ घर भएकी १९ वर्षीया उर्मिला आले मगर मृत अवस्थामा भेटिएकी हुन् ।

उर्मिला र सो रिसोर्टमा काम गर्ने मोरङ लेटाङका अर्जुन मगरसँगै सुतेका थिए । चिसोका कारण कोइला बालेर सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि रिसोर्ट सञ्चालकले ढोका फुटाएर हेर्दा उर्मिला मृत फेला परेकी हुन् ।

उर्मिलाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । अर्जुनलाई आफन्तको जिम्मा लगाइएको छ ।

तपाइँको प्रतिक्रिया ।