सुन्दरीजल आधारभुत विद्यालय मूलखर्कका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान
कपन अनलाइन
काठमाडौं, पौष ३। गोकर्णेश्वर नगरपालिका वडा नं १ मा रहेको सुन्दरीजल आधारभुत विद्यालय मूलखर्कका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । ज्यांम्याङ टुल्कु रिम्पोछे र समाजसेवी याङ योञ्जनले कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेका हुन् ।
काठमाडौं भित्रको दुर्गम क्षेत्र भनेर चिनिने मूलखर्कका आर्थिक रुपमा कमजोर विद्यार्थीहरुको शैक्षिक विकासमा सहयोग पुगोस् उदेश्य सहित उक्त बिध्यालयमा अध्यनरत ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको समाजसेवी याङ योञ्जनले जानकारी गराएकी छिन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नानी वाईबाको पहलमा शैक्षिक सामग्री वितरण गरिएको योञ्जनले जानकारी गराएकी छिन ।
तपाइँको प्रतिक्रिया ।