नेकपा माओवादी केन्द्र गोकर्णेश्वर १ नं वडा कमिटीद्वारा जाडोको लागि न्यानो कपडा वितरण

नेकपा माओवादी केन्द्र गोकर्णेश्वर १ नं वडा कमिटीद्वारा जाडोको लागि न्यानो कपडा  वितरण

कपन अनलाइन

काठमाडौँ, पौष २ । नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र) गोकर्णेश्वर नगरपालिका १ नं वडा कमिटी द्वारा अशक्त बिपन्न परिवारलाइ जाडोको लागि न्यानो कपडा अन्तर्गत सिरक वितरण गरेको छ। गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल स्थित ओख्रेनी माध्यमिक बिद्यालयको सभाहलमा एक कार्यक्रमका  वडा नं १ निवासी   अशक्त बिपन्न परिवारलाइ वितरण गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र) गोकर्णेश्वर नगरपालिका १ नं वडा कमिटीका अध्यक्ष  कैलाशमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा बागमती प्रदेश समिति सदस्य तथा काठमानडौ निर्बाचन क्षेत्र न.३  का ईन्चार्ज महेश्वर फुयाल (विवेक) रहेका थिए भने बिशेष अतिथिको रुपमा नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र) बागमती प्रदेश  सदस्य तथा निर्बाचन क्षेत्र न.३  का संयोजक टि आर नेपाल, नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र) बागमती प्रदेश सदस्य रेणु कार्की, नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र)  काठमाडौं जिल्ला समन्वय समितिका सदस्य तथा नगर इन्चार्ज  पेमा छिरी शेर्पा, नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र) गोकर्णेश्वर  नगर अध्यक्ष मान बहादुर तामाङ   कोषाध्यक्ष संगीता घिमिरे,  ओख्रेनी  माध्यमिक बिद्यालयका पुर्व प्रधानाध्यापक श्रीराम सिंखडा,बुद्धिजीवी पिताम्बर आचार्य,  वाईसीएल नगर सचिब सोनाम  तामाङ लगायत नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र संग आवद्द स्थानीय नेताहरुको उपस्थिति रहेको सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं १ का मुलखर्क, ओख्रेनी सुन्दरीजल स्थानमा बसोबास गर्ने करिब १२० जना अशक्त बिपन्न परिवारलाइ जाडोको लागि न्यानो कपडा अन्तर्गत सिरक वितरण गरिएको थियो ।

कार्यक्रममा बागमती प्रदेश समिति सदस्य तथा काठमानडौ निर्बाचन क्षेत्र न.३  का ईन्चार्ज महेश्वर फुयाल (विवेक) नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र) बागमती प्रदेश  समिति सदस्य तथा निर्बाचन क्षेत्र न.३  का संयोजक टि आर नेपाल, नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र)  काठमाडौं जिल्ला समन्वय समितिका सदस्य तथा नगर इन्चार्ज  पेमा छिरी शेर्पा, नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र) गोकर्णेश्वर  नगर अध्यक्ष मान बहादुर तामाङ  लगायतले शुभकामना मन्तब्य राख्दै नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र) गरिब बिपन्न वर्गको पार्टी भएको हुँदा गरिब जनतालाइ परेको दुखमा सदैब साथ दिदै आएको र आगामी दिनमा पनि  साथ सहयोग रहने बताएका थिए। उनीहरुले  जाडोको समयमा केहि राहत होस् भनेर प्रतीकात्मक  रुपमा सिरक वितरण गरेको जानकारी गराएका थिए ।

 नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र) पार्टी जनताका समस्याहरु उठान गर्दै त्यसलाई निरुपण गर्न निरन्तर रुपमा लागिरहेको बताउदै   कोरोना महामारीमा समेत वडा कमिटीले गाउ गाउमा औषधी र राहत सामग्री लिएर पुगेको समरण गर्दै वडा पार्टी र किसन संगठनले मुलखर्क ओख्रेनीलाइ लक्षित गरेर  बिउ बिजन वितरण गरेको जानकारी गराएका थिए ।माओबादी पार्टी देशमा रहेका सबै खालका उत्पीडित जनताहरुको अधिकारका लागि हकहरु सुरक्षित गर्न र राज्य सत्ताको बिभिन्न तहहरुमा उत्पीडित जाति वर्ग क्षेत्र लिंग र समुदायका नागरिकहरुलाई स्थान सुनिश्चित गर्दै देशको आमुल परिवर्तनका निमित्तनिर्माण गरिएको पार्टी भएको बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।