भृकुटीचोकबाट चोरीको मोटरसाइकल सहित एक व्यक्ति पक्राउ

भृकुटीचोकबाट चोरीको मोटरसाइकल सहित एक व्यक्ति पक्राउ

कपन अनलाइन

काठमाडौँ, पौष २ ।

महानगरीय प्रहरी प्रभाग कपनले चोरीको मोटरसाइकलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

करिब २/३ महिनाअघि चाबहिलबाट चोरी भएको ना ४५ प ४०६१ नम्बरको रातोकालो रंगको २२० सि.सि. पल्सर मोटरसाइकलसहित उदयपुर जिल्ला ताप्ले गाउँपालिका घर भई भृकुटी चोकमा बस्दै आएका २६ बर्षिय महेश खड्कालाई कपन प्रहरीले पक्राउ गरेको हो।

चाबहिल क्षेत्रबाट मोटरसाइकल चोरी भएकोले उक्त क्षेत्र महानगरीय प्रहरी वृत्त गौशाला मातहत पर्ने हुँदा पक्राउ परेका खड्कालाई थप अनुसन्धान गरि कार्वाहीको लागि प्रहरी वृत्त गौशाला पठाईएको कपन प्रहरीले जानकारी दिएको  छ।

तपाइँको प्रतिक्रिया ।