प्रथम रामेछाप जिल्ला अन्तर कलेज बास्केटबलको उपाधी नामी कलेजलाई

प्रथम रामेछाप जिल्ला अन्तर कलेज बास्केटबलको उपाधी नामी कलेजलाई

कपन अनलाइन

काठमाण्डौ ,पुस २ /सुबिन चालिसे

स्वास्थको लागि खेलकुद रास्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ रामेछाप जिल्ला बास्केटबल सघ को आयोजनामा समपन्न भएको प्रथम रामेछाप जिल्ला बास्केटबल अन्तर कलेज बास्केटबल प्रतियोगिता- २०७८ को उपाधी काठमाडौ को नामि कलेजले जितेको छ ।

मंसिर २७ गते सुरु भएको प्रतियोगितामा काठमाडौका १२ वटा कलेजको उपस्थिति थियो । लिग चरण अन्तरगत संचालन गरिएको प्रतियोगितामा फानलमा नामि कलेज र सुर्यदय कलेज बिच ४७-३७ को स्कोर अंतरले नामि कलेजले उपाधी जितेको र थिलेन पाखृन तामाङले २० स्कोर योगदान गरेका कार्यक्रम सम्योजक सुनिल योन्जनले जानकारी दिए  ।

समापन कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री  रत्न ढकाल रहेका थिए भने  अतिथिहरुमा लिम्पिया कलेजका पृन्सिपल मदन रेग्मी रामेछाप जिल्ला माओवादी केन्द्रका नेता कैलाश दर्लामी मगर , जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य रोज बहादुर मोक्तान साथै अखिल क्रान्तिकारिका नेता कृष्ण थापा मगर, सन्त बहादुर तामाङ, सुबिन चालिसे , पदम बहादुर तामाङ ,राज आले, सुन्दर मगर,राकेस लामा ,लालकाजी दर्लामी लगायतको  उपस्तिथि थियो ।

तपाइँको प्रतिक्रिया ।