रक्षामन्त्री बाट राजीनामा दिने डा. मिनेन्द्र रिजालको घोषणा
कपन अनलाइन
काठमाडौँ, पौष १। रक्षामन्त्री डा.मिनेन्द्र रिजालले राजीनामा दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् ।
फेसबुकमा स्टाटस लेख्दै उनले मतगणनाको अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्ने बताएका छन् ।उनले लेखेका छन्, ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। ‘
तपाइँको प्रतिक्रिया ।