३१८१ मत गन्दा देउवालाई १५०६ मत , शेखर पछ्याउँदै

३१८१ मत गन्दा देउवालाई १५०६ मत , शेखर पछ्याउँदै

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २८।

कांग्रेसको नयाँ सभापति चयनका लागि भएको चुनावमा  अहिलेसम्म प्राप्त मतगणनाको परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् ।

अहिलेसम्म ३ हजार १ सय ८१ मत गणना हुँदा देउवाले १५०६ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ११७८ र प्रकाशमान सिंहले २५४ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले १७३ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १५ मत मात्र प्राप्त भएको छ ।
तपाइँको प्रतिक्रिया ।